दाङको दुवै उपमहानगरपालिकामा एमालेकै अग्रता


प्रकाशित मिति : असार १६, २०७४ शुक्रबार

तुलसीपुर (दाङ), १६ असार । यहाँको पछिल्लो विवरणअनुसार तुलसीपुर उपमहानगरपालिकामा एमालेका नगरप्रमुख पदका उम्मेदवार घनश्याम पाण्डेले २०९४ मत, नेपाली काँग्रेसका गेहेन्द्र गिरीले १६३१ मत र माओवादीका शेषुराम भण्डारीले २९६ मत प्राप्त गर्नु भएको छ ।
उपप्रमुख पदमा एमालेका मायाँ आचार्यले १९९९ मत, नेपाली काँग्रेसका देवीका नेपालीले १७१९, र माओवादीका सीता वलीले ३०८ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरीले २०५४ मत, नेपाली काँग्रेसका भूपबहादुर डाङ्गीले ११८६ मत र माओवादी केन्द्रका जीवन गौतमले ५३७ मत प्राप्त गर्नुभएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com