पूर्वखोला १, २ र ३ मा एमाले विजयी


प्रकाशित मिति : असार १६, २०७४ शुक्रबार

रामपुर (पाल्पा), १६ असार । पूर्वखोला गाउँपालिका–१, २ र ३ मा नेकपा (एमाले)को समूह नै विजयी भएको छ ।

वडा नं १ मा भोगबहादुर थापा मगर एक हजार २१४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका युद्धबहादुर वीरकट्टाले ५७८ मत ल्याउनुभएको छ । वडा नं २ मा निलबहादुर सारु एक हजार २१३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका इच्छाबहादुर वीरकट्टाले ५७८ मत ल्याउनुभएको छ ।

त्यस्तै वडा नं ३ मा एमालेकै नीलबहादुर भट्टराई ८३० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका किशोर पङ्गेनीले २३९ मत पाउनुभएको छ ।

निस्दी–२ र ६ मा एमाले
निस्दी गाउँपालिका–२ र ६ मा एमालेका समूह नै विजयी भएका छन् । वडा नंं २ मा एमालेका पूर्णबहादुर बाकाबलले ७४० मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा(माओवादी केन्द्र)का टेकबहादुर चुहानले ९८ मत ल्याउनुभएको छ । त्यस्तै वडा नं ६ मा एमालेकै मेखबहादुर सुनारी ७९६ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका यमबहादुर सार्कीले १३८ मत पाउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माथागढीका पाँच वडामा काँग्रेस
माथागढी गाउँपालिकाका पाँच वटा वडामा काँग्रेसका समूहहरु नै विजयी भएका छन् । वडा नं १ मा काँग्रेसका शिवप्रसाद शर्मा ९५१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका पूर्णबहादुर सारुले ६४० मत ल्याउनुभएको छ । वडा नं २ मा कांँग्रेसकै जनक रिजालसहितको समूह विजयी भएको छ । रिजेलले ५१२ र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका तुल्सीराम भुसालले ४०३ मत पाउनुभएको छ ।

वडा नं ६ मा काँंग्रेसकै रनबहादुर खाम्चा राना ७८५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका यमबहादुर गाहाले ३१९ मत ल्याउनुभएको छ । वडा नं ७ मा कांँग्रेसकै जङ्गबहादुर थापा ५५२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका लोकबहादुर ढेंगाले ३४४ मत पाउनुभएको छ ।

माथागढीकै वडा नं ८ मा कांँग्रेसका डिलबहादुर ढेगा मगर ३८२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका गुनुमाया मश्राङ्गीले २३५ मत पाउनुभएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com