बङ्गलाचुली गाउँपालिकामा माओवादी केन्द्र विजयी


प्रकाशित मिति : असार १६, २०७४ शुक्रबार

दाङ, १६ असार । जिल्लाको बङ्गलाचुली गाउँपालिकाका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का भक्तबहादुर वलीले तीन हजार ३५२ र उपाध्यक्षमा सोही पार्टीका यमुना घर्तीले तीन हजार ३७१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भोजराज पाण्डेले दुई हजार ५१५ तथा काग्रसकी निर्मला खनालले दुई हजार ५६९ मत प्राप्त गर्नुभएको छ ।

उक्त गाउँपालिकाको वडा नं. १ मा नेपाली कांग्रेस, वडा नं. २, ३, ४, ५, ७ र ८ मा माओवादी केन्द्रका उम्मेदवार प्यानलै विजयी भएका थिए ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका–२ को वडाअध्यक्षमा काँग्रेसका राजु आचार्यले ८३५ मत प्राप्त गरी विजय हुनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का भीमबहादुर योगीले ८२५ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै महिला सदस्यमा कमला थापा, दलित महिला सदस्यमा सरीता विक, खुल्ला सदस्यमा कविराम चौधरी र राजकुमार केसी विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com