गौमूलमा एमाले विजयी


प्रकाशित मिति : असार १६, २०७४ शुक्रबार

बाजुरा, १६ असार । गौमूल गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

गौमूलको अध्यक्षमा हरि रोकाया दुई हजार २४० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका देवबहादुर रोकायाले एक हजार ५०० मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा एमालेकी सीता थापा दुई हजार २०१ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी उमा रोकाया एक हजार ५५५ मत प्राप्त गर्नुभयो । गौमूल गाउँपालिकाको चारवटा वडामा एमाले र दुईवटामा काँग्रेस विजयी भएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com