स्वास्थ्य बिमा गर्न १०१ जना सहयोगी खटिए


प्रकाशित मिति : असार १६, २०७४ शुक्रबार

गोरखा, १६ असार । गोरखामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएसँगै १०१ जना दर्ता सहयोगी खटिएका छन् ।

सांसद छमबहादुर गुरुङ, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, पालुङ्टार नगरपालिका प्रमुख दीपकबाबु कँडेललगायत जनप्रतिनिधिले बिहीबार स्वास्थ्य बिमा गराएर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

दुईवटा नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखाका ९४ वडामा स्वास्थ्य बिमाका लागि दर्ता सहयोगी खटिएका छन् ।

बिहीबार नै अधिकांश वडाध्यक्षले आफ्नो स्वास्थ्य बिमा गरिसकेका छन् । रु दुई हजार ५०० तिरेर स्वास्थ्य बिमा गर्न सकिन्छ । वडा कार्यालयले छनोट गरी पठाएका व्यक्तिलाई तालिम दिएर बिमा दर्ता सहयोगी तोकिएको हो । दर्ता सहयोगीले तीन दिनको तालिम लिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वास्थ्य बिमाको जिल्लास्थित प्रबन्धक ईश्वर रेग्मीका अनुसार चुमनुब्री गाउँपालिकाको ल्हो वडाबाहेक अन्यत्र स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गरिएको छ । ल्हो गाउँबाट सहयोगी हुने व्यक्ति नआएकाले सामागाउँमा छनोट गरिएका सहयोगीलाई ल्हो गाउँ पनि हेर्ने गरी जिम्मेवारी दिने तयारी गरिएको छ ।

गरिब जनताको स्वास्थ्य उपचारमा सहयोग पु¥याउन र स्वास्थ्य परीक्षण गरिराख्ने बानीको विकास गर्न सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको थियो । देशका १५ वटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको छ, रेग्मीले भन्नुभयो – “दर्ता सहयोगी जनताको घर घर पुगेर बिमा गर्न चाहनेहरुको फोटो खिच्नुहुन्छ र परिचयपत्र दिनुहुन्छ ।”

बिरामी हुँदा सोही परिचयपत्र बोकेर स्वास्थ्य संस्था गएपछि रु ५० हजार बराबरको औषधि र उपचारमा पैसा तिर्नुपर्दैन ।

आफूले स्वास्थ्य बिमा गरेको र वडावासीलाई स्वास्थ्य बिमा गर्न आग्रह गरेको सिरानचोक गाउँपालिका–४ का वडाध्यक्ष दीपक हमालले बताउनुभयो । उहाँले भन्नुभयो – “स्वास्थ्य बिमा निकै प्रभावकारी कार्यक्रम हो, बिमित बनेर बिरामी हुँदा स्वास्थ्य सेवा लिन वडावासीलाई आग्रह गरिसकेको छु ।” स्वास्थ्य बिमा कार्यक्रम गाउँ गाउँमा लागू भए पनि जनतालाई बाध्य बनाइएको छैन । यो स्वेच्छिक कार्यक्रम हो ।

दर्ता सहयोगीहरुले मोबाइलमार्फत बिमित बन्न चाहनेहरुको तथ्याङ्क केन्द्रीय कार्यालयमा पठाउँछन्, रेग्मीले भन्नुभयो – “दर्ता सहयोगीलाई एक एक थान मोबाइल, आवश्यक फारम दिइसकेका छौँ । जतिजना बिमित बनाउनुहुन्छ सोहीअनुसार कमिसन दिन्छौँ, उहाँले भन्नुभयो– उहाँहरुलाई तलब, भत्ता छैन ।” मोबाइलमा रहेको एप्समा भरेको तथ्याङ्क इन्टरनेटमार्फत केन्द्रमा पठाउनुपर्ने हुन्छ । बिमित बनेको डेढ महिनापछि वर्षदिनका लागि निरन्तर सेवा लिन पाइन्छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com