महाकाली नगरपालिकामा काँग्रेस विजयी


प्रकाशित मिति : असार १६, २०७४ शुक्रबार

दार्चुला, १६ असार । सदरमुकामको महाकाली नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

नगर प्रमुखमा काँग्रेसका हंशराज भट्ट चार हजार ४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दीे नेकपा (एमाले)का नरसिंह चैसिरले तीन हजार ५८६ मत प्राप्त गर्नुभयो ।

यस्तै नगर उपप्रमुखमा काँग्रेसकी सुना बोहराले चार हजार १३२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गा धामीले तीन हजार ३४४ मत प्राप्त गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाका अनुसार महाकाली नगरपालिकाका नौवटा वडा मध्ये आठवटामा काँग्रेस र एउटामा एमाले विजयी भएको छ । काँग्रेसबाट वडाध्यक्षमा क्रमशः महाकाली नगरपालिका– १ मा कल्यानसिंह कुँवर, २ मा गौरसिंह साहु, ३ मा पदमसिंह महर, ४ मा पुष्करराज जोशी, ५ मा तोरनप्रसाद अवस्थी, ६ मा चक्रसिंह बोहरा, ७ मा दिनेशराज जोशी र ८ मा चन्द्रसिंह विष्ट विजयी हुनुभएको छ । एमालेका हरसिंह डाँगा वडा नं– ९ को वडाध्यक्षमा विजयी हुनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com