झापामा एमाले र माओवादी केन्द्रको विजयी सुरुवात


प्रकाशित मिति : असार १६, २०७४ शुक्रबार

बनियानी (झापा), १६ असार । झापामा नेकपा (एमाले) र नेकपा (माओेवादी केन्द्र)ले खाता खोलेको छ । बाह्रदशी गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी भएको छ भने बुद्धशान्ति गाउँपालिका–७ को वडाध्यक्षमा माओवादी केन्द्र र अन्य चार पदमा एमालेले जितेको छ ।

बाह्रदशी गाउँपालिका–१ मा एमालेका शम्भूसिंह राजवंशी ५०० मत ल्याएर विजयी हुनुभएकोे निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिनुभयो ।

त्यस्तै, प्राप्त पछिल्लो मत परिणामअनुसार गाउँपालिका अध्यक्षका लागि नेकाका खड्प्रसाद राजवंशीले ६१४ र उपाध्यक्षमा रत्ना राजवंशीले ५८३ मत पाउनु भएको छ भने एमालेका अध्यक्षका उम्मेदवार लक्ष्मण पाठक ४५८ र उपाध्यक्ष गङ्गा धमला ४६९ मतका साथ पछ्याई रहनुभएको छ ।

बुद्धशान्ति गाउँपालिका–७ मा भने नेकपा (माओवादी केन्द्र)का मातृकाप्रसाद पौडेल ३०८ मत ल्याएर विजयी हुनुभएको छ भने अन्य चार पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

बुद्धशान्ति–७ मा अध्यक्ष पदका लागि नेकाले २४५, नेकपा (एमाले)ले २६८ र नेकपा (माओवादी केन्द्र)ले १८२ मत ल्याएका छन् । वडा नं १ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत इन्द्रकमल प्रधानले जानकारी दिनुभयो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com