विराटनगर, १६ असार । विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसले प्रारम्भिक अग्रता लिएको छ । यस महानगरपालिकाको बिहीबार साँझ ५ः३० बजेदेखि वडा नं १ को सुरु भएको मतगणनाको आज बिहान ६ बजेसम्ममा ३५० मतको गिन्ती सम्पन्न भएको छ ।
सो अनुसार महानगरको प्रमुख पदमा नेकाका भीम पराजुलीले १५२, नेकपा (एमाले)का विनोद ढकालले ९७, सङ्घीय समाजवादी फोरमका उमेश यादवले आठ र राप्रपाका प्रह्लाद साहले ६ मत प्राप्त गर्नुभएको छ ।
सोहीअनुरुप उपप्रमुख पदमा नेकाका इन्दिरा कार्कीले ११५, नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले ५७, नेकपा (माओवादी केन्द्र)की नमिता न्यौपानेले ४७ मत प्राप्त गर्नुभएको छ । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।