बङ्गलाचुली–२ मा माओवादी केन्द्र विजयी


प्रकाशित मिति : असार १६, २०७४ शुक्रबार

दाङ, १६ असार । बङ्गलाचुली गाउँपालिका–२ मा नेकपा (माओवादी केन्द्र)का मेघराज रानाको प्यानल नै विजयी भएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकाका मैते पुनलाई ६ मतको झिनो अन्तरले पराजित गरी राना विजयी हुनुभएको हो । विजयी रानाले ३३६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी पुनले ३३० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, महिला सदस्यमा हिमा थापा, दलित महिला सदस्यमा मैती विक र सदस्यमा चुके सुनार र भीमकुमार बुढा विजयी भएका छन् । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com