पाटन– १ मा एमाले विजयी


प्रकाशित मिति : असार १५, २०७४ बिहीबार

बैतडी, १५ असार । बैतडीको पाटन नगरपालिका– ७ को अध्यक्ष पदमा एमालेका ललितबहादुर चन्दको समूह विजयी भएको छ ।

चन्दले ३२७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिदत्त भट्टले २३४ मत प्राप्त गरेका छन् ।

यसैगरी एमालेबाटै महिला सदस्यमा विन्दु चन्द, दलित महिला सदस्यमा विस्ना दमाई र सदस्यमा कर्णसिंह पेला र वीरबहादुर ठगुन्ना विजयी भएका छन् । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com