२२६ स्थानीय तहको मतगणना सुरु


प्रकाशित मिति : असार १५, २०७४ बिहीबार

काठमाडाँ, १५ असार । स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो चरणमा असार १४ गते निर्वाचन सम्पन्न भएका ३३४ मध्ये २२६ स्थानीय तहको मतगणना सुरु भएको छ ।
निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार हालसम्म प्रदेश नं १ का ८०, प्रदेश नं. ५ का ८७ र प्रदेश नं ७ का ५९ स्थानीय तहको मतगणना सुरु भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अब १०८ स्थानीय तहको मतगणना सुरु हुन बाँकी छ । उच्च पहाडी र हिमाली जिल्लाका विकट मतदानस्थलबाट मतपेटिका हेलिकप्टरबाट ल्याइएको र अझै २२ मतदानस्थलको मतपेटिका सङ्कलन हुने क्रममा रहेको थाहा भएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com