मिक्लाजुङ–१ मा एमाले विजयी


प्रकाशित मिति : असार १५, २०७४ बिहीबार

उर्लाबारी (मोरङ), १५ असार । जिल्लामा नेकपा (एमाले)ले विजयी सुरुआत गरेको छ ।
मिक्लाजुङ गाउँपालिका वडा नं १ का अध्यक्षमा एमालेका नरबहादुर राईसहित पूरै एमाले समूह नै विजयी भएको हो । सो वडामा खसेको एक हजार २४१ मध्ये ४२६ मत प्राप्त गरी राई विजयी हुनुभएको हो । यस्तै सदस्यमा एमालेकै पविन राई, फर्समान तामाङ, सन्तमाया विक र लोहनरानी राई विजयी हुनुभएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com