दरबार– १ मा एमाले र ७ मा काँग्रेस विजयी


प्रकाशित मिति : असार १५, २०७४ बिहीबार

तम्घास (गुल्मी), १५ असार । जिल्लाको दरवार गाउँपालिका– १ मा नेकपा (एमाले)को पुरै समूह विजयी भएको छ ।

वडाध्यक्षमा रामबहादुर पल्लीले ७६६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेम पुनले ६५८ मत प्राप्त गर्नुभयो ।

यस्तै दरवार गाउँपालिका– ७ मा नेपाली काँग्रेसको पुरै समूह विजयी भएको छ । वडाध्यक्षमा टोपबहादुर बस्नेत ८३० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका खुमलाल अर्यालले ४४४ मत प्राप्त गर्नुभयो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com