दोस्रो चरणको निर्वाचनमा ७३.६९ प्रतिशत मतदान


प्रकाशित मिति : असार १५, २०७४ बिहीबार

काठमाडौँ, १५ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको बुधबार सम्पन्न निर्वाचनमा ७३.६९ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणानुसार प्रदेश नं १ मा ७२.४९, प्रदेश नं ५ मा ७५.३४ र प्रदेश नं ७ मा ७३.०५ प्रतिशत मतदान भएको छ ।

यसैगरी ती प्रदेशका ३३४ स्थानीय तहमध्ये बिहान ९ः३० बजेसम्म १६८ स्थानीय तहमा मतगणना सुरु भएको आयोगद्वारा यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा प्रदेश नं १ का १३७ स्थानीय तहमध्ये १०८, प्रदेश नं ५ का १०९ स्थानीय तहमध्ये ३४ र प्रदेश नं ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा मतगणना भइरहेको उल्लेख छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com