असार १५, २०७४- दाङका ६ गाउँपालिकामा मतगणना शुरु भएको छ । घोराही र तुलसीपुर उपमहानगरपालिका तथा लमही नगरपालिकामा मतगणनाको तयारी भैरहेको छ । बबई गाउँपालिकामा केही विवाद भएकाले मतगणना शुरु हुन सकेको छैन ।
हालसम्म राप्ती र गढवा गाउँपालिकाका एक/एक वडामा माओवादी विजयी भएको छ । राप्ती गाउँपालिकाको वडा नं. ९ मा वडा अध्यक्षसहित सबै सदस्यहरु माओवादी केन्द्रले जितेको छ । वडाअध्यक्षमा माओवादी केन्द्रका रिम बहादुर सुनारी मगर २ सय मत ल्याएर विजयी भएका छन् । वडा अध्यक्षमा काँग्रेसले १ सय ५२ र एमालेले ६४ मत प्राप्त गरेको थियो ।
यसैगरी गढवा गाउँपालिकाको वडानं. ८ मा माओवादी केन्द्रका सद्धाम सिद्धिकी १ सय ७ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका छन् । राप्ती र राजपुर गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ भने गढवा र दंगिशरणमा एमालेले अग्रता लिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।