हात्तीको आक्रमणबाट एकको मृत्यु


प्रकाशित मिति : असार १५, २०७४ बिहीबार

दमक, १५ असार । जङ्गली हात्तीको आक्रमणबाट झापाको कचनकवल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–१ बस्ने ४० वर्षीय मनराज केरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राति ११ बजेतिर चारकोसे जङ्गलबाट आएका दुईवटा हात्तीले घर भत्काउन थालेपछि हात्ती लखेट्ने क्रममा केरुङलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका केरुङलाई उपचारका लागि मेची अञ्चल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com