प्यूठानमा मतगणना सुरु, एमाले माओवादी एक/एक स्थानमा अगाडि


प्रकाशित मिति : असार १५, २०७४ बिहीबार

असार १५, २०७४- प्यूठानमा दुई गाउँपालिकाको बुधबार रातिदेखि मतगणना सुरु भएको छ । सदरमुकाम रहेको मल्लरानी र सरुमारानी गाउँपालिकाको मतगणना बुधबार रातिदेखि सुरु गरिएको मुख्या निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए । बिहीबार बिहानसम्मको मत परिणामअनुसार मल्लरानी गाउँपालिकामा नेकपा एमाले प्रमुख, उमप्रमुखमा अगाडि देखिएको छ । यहाँ राष्ट्रिय जनमोर्चा दोस्रो तथा माओवादी केन्द्र तेस्रो स्थानमा छ भने नेपाली कांग्रेस चौथो स्थानमा छ । यो गाउँपालिकाको वडा नं. १ को मतगणना भइरहेको छ ।

यस्तै सरुमारानी गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । यहाँ एमाले दोस्रो स्थानमा छ भने कांग्रेस तेस्रो स्थानमा छ । जिल्लाका सबै स्थानीय तहका मतपेटीकाहरु राति १० बजेभित्रै निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ । अहिले बिहान ९ बजेदेखि बाँकी सबै स्थानमा मतगणना सुरु हुने तयारी भइरहेका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com