मतगणना शुरु


प्रकाशित मिति : असार १५, २०७४ बिहीबार

हिजाे सम्पन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनकाे मतगणना शुरु भैसकेकाे छ । विभिन्न जिल्लाका  नगरपालिका र गाँउपालिकामा मत गणना शुरु भएको  समाचार  अाइरहेका छन् ।  मतगणना शुरु नभएका स्थानमा मतगणनाको तयारी भैरहेको छ ।  वडा तहका केही स्थानमा मतगणना सकिएकाे छ ।
हिजो सम्पन्न निर्वाचनमा कम्तीमा ७० दशमलव ५ प्रतिशत मतदान भएको  थियाे भने ६२ हजार ४०८ उम्मेदवार मैदानमा छन् ।  ति मध्येबाट १५ हजार ३८ जना जनप्रतिनीधि निर्वाचित हुने छन् । दोस्रो चरणमा सम्पन्न निर्वाचन ३५ जिल्लाका ३३४ स्थानीय तहमा भएको हो । जसमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाँउपालिका छन् ।
प्रदेश नम्वर १ का १४ जिल्लामा चुनाव भएको छ जहाँ १३७ स्थानीय तह छन् । महानगर–१, उपमहानगर २, नगरपालिका ४६ र गाउँपालिका ८८ छन् । ११५७ वडा रहेको एक नम्वर प्रदेशमा १८३१ मतदान स्थल छन् भने ३४५९ मतदान केन्द्र छन् । १ नम्वर प्रदेशमा २६ लाख ७२ हजार पाँच सय ६३ मतदाता रहेका थिए । निर्वाचन
आयोगले प्रथम चरणको निर्वाचनको अनुभवको आधारमा यसपटक मतगणना छिटो सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाएको जानकारी दिएको छ । छिटो मतदान सम्पन्न गर्न आवश्यक जनशक्तिको व्यवस्थापन गर्न, भौतिक सुविधा र सुरक्षा व्यवस्था मिलाउन निर्वाचन अधिकृत र स्थानीय प्रशासनलाई निर्देशन दिइएको निर्वाचन आयोगलेकाे भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com