दोश्रो चरणमा एमाले १४३, काँग्रेस १०७, माओवादी ३५ स्थानमा विजयी हुने प्रक्षेपण


प्रकाशित मिति : असार १४, २०७४ बुधबार

पहिलो चरणको स्थानीय तहको चुनावमा झण्डै ९९ प्रतिशत सही चुनावी अनुमान गरेको एबीसी न्यूजले दोस्रो चरणको स्थानीय तह निर्वाचनको एक्जीट पोल सार्वजनिक गरेको छ ।

एक्जीट पोल अनुसार तीन वटै प्रदेशमा गरि नेकपा एमाले १४३, नेपाली काँग्रेस १०७, नेकपा माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति ८, नेपाल लोकतान्त्रिक फोरम ६ स्थानमा विजयी हुनेछन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएको राष्ट्रिय जनता पार्टी ८, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा दुई/दुई स्थानमा विजयी हुने प्रक्षेपण गरिएको छ । स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी हुने अनुमान गरिएकोमा २२ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

एबीसी एक्जीट पोल अनुसार प्रदेश नम्बर १ मा नेकपा एमाले ६६, नेपाली काँग्रेस ४७ र नेकपा माओवादी केन्द्र ५, राष्ट्रिय प्रजातन्त्र पार्टी २, नेपाल लोकतान्त्रिक फोरम ४, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति ५ स्थानमा विजयी हुने प्रक्षेपण गरिएको छ । एक नम्बर प्रदेशमा ७ स्थानमा तीव्र प्रतिस्पर्धा हने छ भने एक स्थानमा स्वतन्त्र उम्मेदवारले जित्ने आंकलन गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै प्रदेश नम्बर ५ मा नेकपा एमाले ३९, नेपाली कांग्रेस ३२, माओवादी केन्द्र २१ स्थानमा विजयी हुने आंकलन गरिएको छ । त्यस्तै स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका राष्ट्रिय जनता पार्टीका उम्मेदवार ८ स्थानमा विजयी हुने प्रक्षेपण गरिएको छ भने २ स्थानमा राष्ट्रिय जनमोर्चा, ३ स्थानमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति विजयी हुने प्रक्षेपण गरिएको छ । पाँच नम्बर प्रदेशका ४ स्थानीय तहमा भने तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

एबीसी एक्जीट पोल अनुसार ७ नम्बर प्रदेशमा नेकपा एमाले ३८, नेपाली कांग्रेसले २८, माओवादी केन्द्र ९ स्थानमा विजयी हुनेछन् । त्यस्तै, नेपाल लोकतान्त्रिक फोरम २ स्थानमा विजयी हुने आंकलन गरिएको छ भने ११ स्थानमा तीव्र प्रतिस्पर्धा हुनेछ ।

एबीसी एक्जीट पोल सार्वजनिक कार्यक्रममा राजनीतिक विश्लेषक रमेशनाथ पाण्डे, राजनीतिशास्त्री प्राध्यापक डाक्टर लोकराज बराल, पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले, एबीसी न्यूजका अध्यक्ष शुभशंकर कँडेल र एबीसी न्यूजका न्यूज एण्ड करेन्ट अफेयर्स डाइरेक्टर डा. सुरेश आचार्य सहभागी हुनुहुन्थ्यो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com