दोस्रो चरणकाे निर्वाचनमा ७० प्रतिशत मत खस्यो


प्रकाशित मिति : असार १४, २०७४ बुधबार

अाज  भएको दोस्रो चरणको  स्थानीय तहकाे   निर्वाचनमा ७० प्रतिशत बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।  पाँच बजे सम्पन्न निर्वाचनको प्रारम्भिक जानकारीअनुसार ७०.५ प्रतिशत मत खसेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

दोस्रो चरणमा बुधबार भएको प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाको निर्वाचन केही छिटफुट घटनाबाहेक शन्तिपूर्ण रुपमा सम्पन्न भएको प्रवक्ता शर्माले जानकारी दिए । आयोगका अनुसार सबैभन्दा धेरै मत बाजुरामा खसेको छ । त्यहाँ ८० प्रतिशत मत खसेको छ । सबैभदा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ ।

 

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com