असार १४, २०७४- झापामा १०४ वर्षीय वृद्ध हरिप्रसाद वाग्लेले पनि मतदान गरेका छन् । झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १ को नमुना केन्द्रबाट उनले मत खसालेका हुन् ।
१०७ वर्षीय जहानीय राण शासनको ३७ बर्षे अनुभव वोकेका वाग्लेसंग प्रजातन्त्र, राजतन्त्र र गणतन्त्रको समेत अनुभव छ । उनले यसअघि दुई वटै संविधानसभा निर्वाचनमा भाग लिएका थिए ।
बुद्धशान्ति १ मा कान्छा छोरा बेदप्रसाद वाग्लेसँग बस्दै उनले निर्वाचनबाट चुनिएका प्रतिनिधिले सेवालाई महत्व दिनुपर्ने र वच्चादेखि वृद्धसम्मलाई फाइदा पुग्ने कार्य गर्नुपर्ने बताए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।