मध्याह्नसम्म ४१ प्रतिशत मतदान


प्रकाशित मिति : असार १४, २०७४ बुधबार

विराटनगर, १४ असार

मोरङ जिल्लामा आज बिहान ७ बजेदेखि मतदान सुरु भएपछि मध्याह्न १२ बजेसम्म ४१ प्रतिशत मतदान भइसकेको छ ।
जिल्लाका १७ वटै स्थानीय तहमा शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विराटनगर महानगरपालिकाका २७ वटै मतदान केन्द्रमा पनि मतदाताको घुइँचो देखिन्छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com