गुल्मीमा चट्याङ लागेर तीन जनाको मृत्यु ३ घाइते 


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

गुल्मीमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । चट्याङ लागेर अर्का अरु ३ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नम्वर ५ साविकको छापाहिले गाविसका २७ वर्षीय प्रदीप थापा, धुर्कोट गाउँपालिका ६ धुर्कोटरजस्थलका ११ वर्षीय कमल थापा र मदाने गाउँपालिका ३, सिसर्नेका २९ वर्षीय तुल्सीराम अर्याल छन् ।

चट्याङ्ग लागेर सोही गाउँका ३४ वर्षीय झविन्द्र पौड्याल र २४ वर्षीय पदम भट्टराई , ४४ वर्षीय राजु घर्ति गम्भीर घाईते छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com