बसमा यात्रा गर्ने जेष्ठ नागरीक, बालबालिका, विपन्न वर्ग र अपाङ्गता भएका व्यक्तिलाई निशुल्क सेवा दिइने


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

बस किन्न काठमाडौ महानगरले साझा थप ५ करोड दियो

काठमाण्डौ उपत्यकामा साझा यातायातले थप १३ वटा ठुला बस संचालनमा ल्याउने भएको छ । त्यसका लागि साझा यातायातलाई काठमाडौं महानगरपालिकाले ५ करोड रुपैयाँ प्रदान गरेको छ ।  गत पुष २६ गते ५ करोड रुपौयाँ उपलब्ध गराउने सम्झौता भए अनुसार महानगरले सो रकम प्रदान गरेको हो ।
राजधानीमा आज आयोजित एक कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले साझा यातायातका अध्यक्ष कनकमणी दिक्षितलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । महानगरभित्र सञ्चालनमा आउने ती  बसमा यात्रा गर्ने जेष्ठ नागरीक, बालबालिका, विपन्न वर्ग र अपाङ्गता भएका व्यक्तिलाई निशुल्क सेवा दिइने महानगरपालिकाका प्रमुख शाक्यले बताउनुभयो ।
स्मार्ट सिटीको अवधारणा अनुसार बसमा स्मार्ट कार्ड, प्रिपेड कार्ड प्रयोग गरीने उहाँले जानकारी दिनुभयो । शाक्यले उपत्यकामा ठूला शहरी बसहरुको सेवा विस्तार गर्दै साना सवारीलाई विस्थापन गर्ने उद्धेश्य महानगरको रहेको उल्लेख गर्नुभयो ।
उपत्यकामा १३ वटा ठुला बस थपिएपछि  साझाका ४३ वटा बस सञ्चालन हुनेछन् । महानगरले यसअघि पनि साझा यातायातलाई १० करोड रुपैयाँ दिएको थियो । सो रकमबाट साझामा ३० वटा बस संचालनमा रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com