काँग्रेसका तीन कार्यकर्ता कारबाहीमा


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

रामपुर (पाल्पा), १३ असार । नेपाली काँग्रेस पाल्पाले आफ्ना तीनजना सक्रिय सदस्यता लिएका कार्यकर्तालाई कारबाही गरेको छ ।

काँग्रेस सचिव झपेन्द्र गहिरेका अनुसार तानसेन नगरपलिका–२ का सक्रिय सदस्य ब्रजेन्द्र प्रधान, तानसेन–४ का अनुपमान कर्माचार्य र बगनासकाली–२ पोखराथोकका देवीप्रसाद न्यौपानेलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।

उनीहरुले पार्टीको नीति र निर्णय विपरीत स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएको काँग्रेसले जनाएको छ । प्रधानले तानसेनको वडा नं २, कर्माचार्यले वडा नं ४ र न्यौपानेले पोखराथोकबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com