Follow @khasokhasmag

पोखरामा पहिरोका कारण घर पुरियो


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

पोखरा, १३ असार । अविरल वर्षाका कारण सोमबार मध्यरातमा गएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका–२४ वनपालेका डिल्लीराम सुवेदीको घर पुरिएको छ ।

घरको पछिल्लो भागबाट पहिरो घरभित्र पस्दा घरधनी डिल्लीराम सुवेदी सामान्य घाइते हुनुभएको छ भने श्रीमती खरिका, छोरा दीपक, बुहारी लक्ष्मी र नातिनी युनिसा भागेर ज्यान बचाउन सफल हुनुभएको छ ।

मानवीय तथा चौपायाको कुनै क्षति नभए पनि घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा एवम् भाडावर्तन पुरिएर नष्ट भएको र अहिले स्थानीय जनता र प्रहरीको सक्रियतामा उद्धार कार्य भइरहेको वडाध्यक्ष ओम सुवेदीले जानकारी दिनुभयो ।

वर्षाका कारण पोखरा–बागलुङ सडकखण्डको फेदीमा पहिरो गई बन्द भएको बाटो रातिनै डोजरको सहयोगले खुलाई सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com