आत्मघाती बम विस्फोटनमा विप्लव कार्यकर्ताको मृत्यु


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

निर्वाचन बिथोल्ने उदेश्यले हिडेका विप्लवका  एक कार्यकर्ता आफैँले बोकेको बम  बिस्फोट हुँदा  मृत्यु भएको छ । बम विस्फोट हुँदा कैलालीका सनराइज भनिने चन्द्र सिंहको मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका  कैलालीपुल नजिकै खानेपानी संस्थान रोडस्थित जीएस सन्स एन्ट स्ट्रोमा सोमबार राति आत्मघाती बम बिस्फोटन भएको थियो । बम विस्फोटबाट घाइते २९ वर्षीय सिंहलाई प्रहरीले उद्धार  गरी अस्पताल पुर्याएको थियो ।

घाइते  सि‌‌हकाे राती   १२ः४० बजे  सेती अञ्चल अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे  प्रहरीले जनाएको छ । मृतक सिंह धनगढी १२ जुगेडा निवासी हुन् । उनी विप्लव समूहका कैलाली जिल्ला सदस्य हुन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com