असार १२, २०७४- एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले कांग्रेसका लागि भोट माग्दै हिंडेकोमा आपत्ति जनाएका छन् ।
उपाध्याय गृहजिल्ला कपिलवस्तुमा कांग्रेसको चुनावी कार्यक्रममा सहभागी भएको भन्दै ओलीले पदीय मर्यादा ख्याल गर्न आग्रह गरे । ‘राजदूतले भोट माग्नेभन्दा अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्न लागे हुन्थ्यो,’ पार्टी कार्यालयमा सोमबार भएको पत्रकार सम्मेलनमा उनले भने, ‘कार्यकर्ता हुन मन भए किन नियुक्ति लिनुपर्यो ?’
ओलीले उपाध्यायको नाम नलिई पदको सम्मान, जिम्मेवारी, पारिश्रमिक सुविधाकोसमेत ख्याल गर्न आग्रह गरे ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।