घोप्टो सुत्दा हुन सक्छ आकस्मिक मृत्यु


प्रकाशित मिति : असार १२, २०७४ सोमबार

माघ २३, २०७१

हाम्रो आयुर्वेद लगायतका योग पद्घतिमा घोप्टो परेर अर्थात् पेटको बल सुत्नु हानिकारक हुने मान्यतालाई आधुनिक अनुसन्धानले समेत सही प्रमाणित गरेको छ ।

अमेरिकाको सिकागो विश्वविद्यालयमा गरिएको अनुसन्धान अनुसार घोप्टो परेर सुत्ने व्यक्ति, मुख्य रूपमा छारे रोग/मिर्गी भएकाहरूमा अचानक हुने मृत्युको खतरा बढ्छ ।

न्युरोलोजी मा प्रकाशित यो अनुसन्धान अन्तर्गत, अचानक मृत्यु भएका व्यक्तिहरूबारेका दुई सय

५३ मामिलाको अध्ययन गरिएको थियो ।

अनुसन्धान अनुसार ७३ प्रतिशत छारे रोगको बिरामीको त्यतिखेर अचानक मृत्यु भयो जति बेला उनीहरू घोप्टो परेर सुतिरहेका थिए । ४० वर्षभन्दा कम उमेर भएका व्यक्ति अन्यको दाँजोमा चार गुणा बढी यसको सिकार हुन्छन् ।

सुत्नुअघि मद्यपानले अनिद्रा

सुत्नुभन्दा अघि मद्यपानले मस्तिष्कको अल्फा ऊर्जालाई बढाउँछ, जसले निद्रामा व्यवधान उत्पन्न हुन्छ ।

यो अध्ययन अल्कोहलिज्म : क्लिनिकल एन्ड एक्सपेरिमेन्टल रिसर्च मा प्रकाशित भएको हो । अध्ययनको दाबी अनुसार उपयोगकर्ताले राति सुत्नुअघि रक्सी सेवन गर्दा सुत्नुअघि सुरुमा निद्रा लाग्नमा सहयोगीजस्तो लाग्छ तर पछि यो गहिरो निद्रामा व्यवधान उत्पन्न गर्छ ।

अध्ययन अन्तर्गत १८ देखि २० वर्षका स्वस्थ युवाहरूलाई सुत्नुअघि रक्सी दिइयो । यसपछि के पाइयो भने रक्सीको सेवन निश्चित रूपले निधारको अल्फा ऊर्जालाई बढाउँछ । यसले गर्दा सेवनकर्ताले सुरुआतमा त शान्ति अनुभव गर्छन् तर पछि निद्रामा व्यवधान हुन्छ । अध्ययनको दाबी अनुसार रक्सी राम्रो निद्राको विकल्प होइन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com