निर्वाचनको तयारी पुरा


प्रकाशित मिति : असार १२, २०७४ सोमबार

सल्लेरी (सोलुखुम्बु), १२ असार । यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको छ ।

निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी टोली मतदानस्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी जगनाथ दाहालले जानकारी दिनुभयो ।

निर्वाचनसम्बन्धी प्रशिक्षण लिएर मतपत्र, परिचयपत्रलगायत आवश्यक सामग्रीसहित मतदानस्थल पुगेका कर्मचारी अहिले मतदाता परिचयपत्र वितरणको काम गरिरहेका छन् ।

जिल्लाको आठ स्थानीय तहमा ६१ हजार ७४६ मतदाता रहेका छन् । जिल्लामा ११८ मतदानस्थलमा १२० मतदान केन्द्र रहेको छ । सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ६६६ जना कर्मचारी परिचालन गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला सुरक्षा समितिले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अतिसंवेदनशील, संवेदनशील र सामान्य क्षेत्रको पहिचान गरी सुरक्षा व्यवस्था मिलाइएको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । यहाँका २० मतदान केन्द्र अतिसंवेदनशील, ४४ कम संवेदनशील र ५६ केन्द्र सामान्य रहेका र सोही अनुसारको सुरक्षा व्यवस्था तैनाथ गरिएको उहाँको भनाइ छ ।

शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउन जिल्लामा एक हजार २०० नेपाल प्रहरी, ५९८ म्यादी प्रहरी, १८० सशस्त्र प्रहरी तथा नेपाली सेना परिचालन गरिएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com