कतारको हमाद वन्दरगाहमा नयाँ पानी जहाज आइपुग्यो


प्रकाशित मिति : असार १२, २०७४ सोमबार

असार १२, २०७४

कतारको हमाद वन्दरगाहमा पहिलोपटक दुई समुन्द्री पानी जहाज सामान लिएर आइपुगेको छ ।
कतारले भारतसँग मिलेर आवश्यक खाद्यान्य लगायत सामग्री दृ्रतगतिमा  ल्याउन ‘भारत कतार एक्सप्रेस सर्भिस’ सेवा गरेको थियो ।

भारतवाट ‘हंसा मैगडेवर्ग’ र ओमनको सल्लाहाबाट ‘पोउल अव्राओ’ पानी जहाज आइपुगेको वन्दरगाहा व्यबस्थापक मवानी कतारले जनाएको छ । भारत कतार एक्सप्रेस सर्भिसले भारतको  मुन्द्रा र न्हावा सेवाबाट आवश्वक खाद्यान्य तथा सामाग्री ल्याउन थालेको छ ।

कतारी यातायात तथा सञ्चार मन्त्रालयका अनुसार हरेक शुक्रवार यी जहाजले सामान ल्यानेछ । पहिलो पटक यी वन्दरगाहामा सात सय १० कन्टेनर सामान आइपुगेको छ ।
मन्त्रालयका अनुसार नयाँ रुट अनुसार मुन्द्रा, न्हावा सेवा र हमाद वन्दरगाहामा स्थानीय कार्गो नियमीत ल्याउने र पठाउने भइरहन्छ ।

त्यसैगरी टुर्कीबाट आएको पहिलो जहाजले ४ हजार टन खाद्यान्य, फलफुल, तरकारी वोकेर कतारतर्फ लागेको जनाएको छ । गत विहिवार हिडेको यो जहाज १० दिनमा दोहा आइपुग्ने अनुमान गरिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com