सीमा नाका बहत्तर घन्टाका लागि बन्द


प्रकाशित मिति : असार १२, २०७४ सोमबार

सुरुङ्गा (झापा), १२ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका नाका ७२ घन्टाका लागि आजदेखि बन्द भएका छन् ।

काँकडभिट्टा, भद्रपुरसहितका नाका बन्द गरिएका हुन् । बहत्तर घन्टासम्म कुनै पनि देशका नागरिक आवतजावत गर्न नपाइने प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउन सीमा नाका बन्द गरिएका हुन् । जिल्लाको पूर्वी र दक्षिण क्षेत्रअन्तर्गत ११८ किमी क्षेत्रफल भारतसँग सीमा जोडिएको छ ।

यसैबीच निर्वाचन अवधिभर मादक पदार्थको बिक्री वितरण तथा ओसारपसारमा समेत निषेध गरिएको छ । असार १४ गते मतदानका दिन जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका बाहेक अन्य सवारीसाधन चलाउन नपाइने प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताउनुभयो । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com