हुण्डी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने तयारी


प्रकाशित मिति : असार १२, २०७४ सोमबार

तर भारतबाट नेपालमा पैसा पठाउनको लागि औपचारिक भन्दा पनि हुण्डी जस्ता गैरकानुनी माध्यमहरु प्रयोग भइरहेको छ । दिल्लीस्थित नेपाली दूतावासले आइतबार एक विशेष अपिल मार्फत हुण्डी मार्फत कारोबार नगर्न सबैलाई अपिल गरेको छ ।  आइतबार नै दूतावासले तीन बैंकहरुको आर्थिक सहयोगमा नेपाल-भारत रेमिट्यान्स तथा त्यसलाई नियन्त्रण गर्ने सम्बन्धमा एक कार्यक्रमको आयोजना गरेको थियो ।

सो कार्यक्रममा कार्यपत्र प्रस्तुत गदै दिल्लीस्थित नेपाली दूतावासका लागि मिनिस्टर (इकोनोमिक) कृष्णहरी पुष्करले भने, ‘हामीले भारत सरकारसँग समन्वय गरेर हुण्डीमा संलग्नलाई कडा कारबाही गर्ने तयारी गरिरहेका छौं । त्यसका लागि स्पेसल इन्टिलिजेन्स प्रणालीको विकास गर्ने विषयमा समेत कुराकानी भइरहेको छ । हुण्डी नेपाल तथा भारतको कानुन र अन्तर्राष्ट्रिय कानुनको हिसाबले पूर्ण रुपमा गैरकानुनी हो । ’

उनले हुण्डी अपराध भएको र दूतावासले निकै कडा कदम चाल्ने तयारी गरेको समेत बताए । कति प्रतिशत औपचारिक एवं कानुनीबाटो मार्फत जान्छ र कति हुण्डी मार्फत भन्ने यकिन नभएपनि पुष्कले झण्डै ९५ प्रतिशत रकम अनौपचारिक च्यानल मार्फत जाने गरेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले यस प्रकारको कार्यक्रमको भर्खर सुरुवात मात्र भएको र भारतभरी नै यसलाई विस्तार गर्ने लक्ष्य लिइएको जानकारी दिए । उनले आफूले दुःख गरेर कमाएको पैसा कानुनी तथा औपचारिक च्यानलमार्फत पठाउन नेपाली नागरिकलाई आग्रह गरे । ‘यो सुरुवात हो, यसलाई हामी भारतभरी नै विस्तार गर्दछौं,’ उपाध्यायले भने ।

नेपाल उद्योण वाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले एक दशक अगाडिको तुलनामा अहिले नै सुधार आएको बताए । उनले पहिला ७० देखि ७५ प्रतिशत अनौपचारिक च्यानल मार्फत जाने गरेकोमा अहिले त्यसमा उल्लेख्य सुधार आएको बताए । ‘तपाईंहरु जुनसुकै बैंकमार्फत पैसा पठाउनुस् तर औपचारिक च्यानल मार्फत पठाउने गर्नुस् । हुण्डी  तथा अन्य अनौपचारिक च्यानल तत्काल बन्द गर्नुपर्छ,’ ढकालले भने ।

ढकालले यस विषयमा पर्याप्त जनचेतनाको आवश्यकता रहेको बताए । उनले राज्यको जीडिपीमा रेमिट्यान्सको योगदान झण्डै ३० प्रतिशत रहेको बताए । उनले अनौपचारिक च्यानल मार्फत जाने रेमिट्यान्सलाई औपचारिक च्यानलमा ल्याउने कार्य अझै  चुनौतीपूर्ण रहेको बताए ।

एभरेष्ट बैंकका भारत सम्पर्क कार्यालयका प्रमुख दीपक कुमार चोप्राले  एभरेष्ट बैंकले झण्डै एक दशकभन्दा पहिलादेखि नै कदम चालेको र त्यसका लागि नविनतम् प्रविधीहरुको प्रयोग गरिरहेको जानकारी दिए ।

उनले भने, ‘हामीले नेपाल पैसा पठाउने सुविधाहरुलाई निकै बढाएर लगिरहेका छौं र हाम्रो सुविधा प्रविधिमैत्री छ।’ उनले सबैलाई औपचारिक च्यानलको प्रयोग गर्नको लागि  आग्रह गरे । एभरेष्ट बैंकले सन् २००४ देखि भारतमा रेमिट्यान्सको कारोबार सुरु गरेको जानकारी दिए । ‘पैसा पठाउने अलावा हामीले जनतालाई औपचारिक माध्यमहरुको बारेमा जनचेतना फैलाउने काम समेत गरिरहेका छौ,’ उनले भने ।

प्रभु बैंकका डेपुटी जनरल म्यानेजर मणिराम पोखरेलले नेपालीहरुलाई औपचारिक च्यानलमार्फत पैसा पठाउन आग्रह गदै पैसा पठाउने प्रक्रियालाई सकेसम्म सहज र सरल बनाउन प्रयास भइरहेको बताए । पोखरेलले आफ्नो बैंकले नेपालीहरुले दिल्लीमा नै रहेर आफ्नो बैंकमा खाता खोल्न सक्ने र एटीएम कार्ड पनि उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिए । उनले हुण्डी कारोबार रोक्नका लागि सरोकारवाल पक्षहरुको साझा अभियानको आवश्यकता रहेको बताए ।

प्रभु बैंकले भर्खरै भारतमा रहेका नेपालीहरुका लागि रेमिट्यान्स कार्ड प्रदान गर्न थालेको छ जस मार्फत भारतमा रहेका नेपालीले जम्मा गरेको पैसा नेपालमा रहेका आफन्तले सजिलै झिक्न सक्छन् । यसले गर्दा पैसा नै पठाउनुपर्ने झन्झट हुँदैन ।

भारतमा लाखौ संख्यामा रहेका कामदारहरुले आफूले कमाएको रकम नेपाल पठाउने गरेपनि कति प्रतिशत औपचारिक च्यानलमार्फत र कति प्रतिशत हुण्डीमार्फत जान्छ भन्ने यकिन छैन । उसो त नेपालमा काम गर्ने नेपालीहरुको संख्या कति छ भन्ने विषयमा नै कुनै आधिकारिक तथ्याङक छैन ।

प्रभु बैंकका भारत प्रतिनिधि सुनिल मिश्र भन्छन, ‘एकछिनलाई मानौ भारतभरी २० लाख नेपालीहरु छन् । त्यसमध्ये १० लाखले भारतमा कमाएको पैसा रेमिट्यान्स मार्फत नेपाल त पक्कै पठाउलान् । यसको मतलव एक महिनामा १० लाख कारोबावर हुनुपर्ने हो तर एक सबै बैंकको एक लाख भन्दा कारोबार छैन ।’ उनले १० प्रतिशत मात्र बैंकिङ च्यानल मार्फत कारोबार हुने गरेको बताए ।

मिश्र भारतमा रहेका नेपालीहरुको संख्यालाई एकदमै कम मानेर अनुमान गर्दा पनि ठूलो मात्रामा हुण्डी मार्फत कारोबार भएको स्वत देखिने बताउँछन् । उनी भन्छन, ‘हुण्डी रोक्न अन्य देशको तुलनामा भारतमा सरकारले तर्फबाट खासै पहल गरेको छैन । पहिलोचोटी यस विषयमा कार्यक्रम भएको छ र यसलाई निरन्तरता दिनुपर्छ र यसमा गहन छलफल आवश्यक छ ।’ नेपाल समुदायको हक र हितका लागि काम गरिरहेका आरबी खड्का हुण्डीमार्फत हुने कारोबारबाट कोही पीडित समेत हुने गरेको बताए । उनले भने, ‘कतिपयले समयलमा पैसा नपाउने लगायतका दुःख समेत पाएका छन् ।’

तर पछिल्लो समयमा नेपालबाट भारत तथा भारतबाट नेपाल पैसा पठाउने कार्य निकै जटिल भएकाले हुण्डीको कारोबार रोक्न विषयमा छलफल गर्दा समस्याहरुको बारेमा पनि पर्याप्त छलफल हुनुपर्ने सरोकारवालाको भनाइ छ । जस्तो विद्यार्थी तथा औषधी उपचारको लागि भारतमा आउने नेपाली नागरिकले पर्याप्त पैसा बोक्न नपाउने हुनाले हुण्डीको भर पर्नुपर्ने अवस्था छ ।

त्यसैगरी भारतबाट पनि नेपालमा केही सीमित रकम मात्र पठाउन पाउन व्यवस्था भएका कारण नेपालीहरुले समस्या भोगिरहेका छन् । त्यसैले हुण्डीको विषयसँगै नेपालीले भोगेका समस्याबारेमा पनि छलफल हुनुपर्ने मत समेत रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com