बोक्सा आरोपमा गाउँ छोडेका वृद्धको हत्या


प्रकाशित मिति : असार १२, २०७४ सोमबार

बोक्सोको आरोप लगाएर मलमुत्र खुवाउने खोजेपछि गाउँ छोड्न बाध्य भएका एक वृद्धको हत्या भएको छ ।  पाँच वर्ष पहिले बोक्साबोक्सीको आरोपमा जरीवाना तिराएर मलमुत्र खुवाउने प्रयत्न गरेपछि ज्यान जोगाउनका लागि गाउँ छाडन बाध्य भएका दम्पत्ती मध्ये मोरङ दर्वेशा ८ का ६० वर्षिय वृद्ध पहाडचन्द राजवंशीको आइतबार साँझ हत्या भएको हो ।

इलाका प्रहरी रंगेलीका अनुसार वृद्ध पहाडचन्दको शव रंगेली नगरपालिका ९ स्थित वनकोल भन्ने ठाउँमा उनको घरदेखी एक किलोमिटरको दुरीमा फेला परेको थियो । उनको शरिरमा धारिलो हतियार प्रहार गरेको चोट पाइएकोले हत्या भएको इलाका प्रहरी कायार्लय रंगेलीका इन्स्पेक्टर सन्दिपबाबु खड्काले बताए । उनका अनुसार पहाडचन्दको पुरानो रिसिवीका कारण हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

२०६९ मा मोरंगको दर्बेसाबाट विस्थापित भएपछि पहाडचन्द आफन्तको सहयोगमा रंगेली नगरपालिका ९ बनकोलमा सपरिवार बस्दै आएका थिए ।  २०६९ भदौमा दर्वेसा ८ का एक वृद्ध भुईचन्द राजवँशीको मृत्यु भएको थियो । त्यसपछि गाउँलेहरुले सोही गाउँमा वस्दै आएका दम्पत्ती मृतक पहाडचन्द र उनकी श्रीमती अंन्सोदेवी राजवंशीलाइ वोक्साबोक्सीको अरोप लगाउँदै २५ हजार जरीवाना तिराएका थिए । साथै गाउँमा कोई विरामी परे जनही २५ हजार जरीवना तिर्नुपर्ने तमसुक समेत गराएका थिए । त्यत्तिले पनि नपुगेर मलमुत्र खुवाउने तयारी गरेपछि वृद्ध दम्पत्ति भागेर आफन्तको शरणमा रंगेली ९ स्थित वनकोलमा पुगेका थिए । पछि उनिहरुले त्यही घर बनाएर बासोवास गर्न थालेका थिए ।

बोक्सावोक्सी आरोपमा गाउँ निकाला गरेको भन्दै प्रहरीले सोही ठाउँका श्रवण कुमार राजवंशी , जीतलाल राजवंशी , हरि प्रसाद राजवंशी , चम्पादेवी राजवंशी ,शिव नारायण राजवंशी र सुदरी देवी राजवंशीलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय रंगेलीले मुद्दा दर्ता गराएको थियो । तर उनीहरु सबै अदालतबाट छाडिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com