अमेरिकामा नेपाली चेली रिनाका हत्यारा पति हर्षदलाई आजीवन कारावास सिफ़ारिश 


प्रकाशित मिति : असार ११, २०७४ आईतबार

– विजय थापा ,वाशिंगटन डिसी

अमेरिकाको भर्जिनिया राज्यको मेकानिक्सभिलमा बसोबास गर्ने ३० वर्षीय नेपाली चेली रिना जादव (श्रेष्ठ )को हत्या आरोपमा उनका पति लाई आजीवन कारावास को अदालतका निर्णायक समितिले सिफारिस गरेको छ ।

भर्जिनियाको ह्यानोभर काउन्टी मा गत जुन १५ तारिखका दिन बिहिबार हर्षद कुमार जादवलाई उक्त निर्णय सुनाईएको थियो । निर्णायक समितिको २ घण्टा सम्म चलेको बहस द्वारा उनलाई प्रथम डिग्री श्रेणीको हत्या गरेको आरोप लगाउदै यसको साथै २० मिनेट सम्म थप बसेको छलफल द्वारा ३३ बर्षिय हर्षद कुमार जादव आजीवन कैद गर्ने निर्णयमा पुगेका हुन् ।


वादीका अनुसार नेपाली चेली रिना जादव(श्रेष्ठ)लाई हथौडा प्रयोग गरि सेप्टेम्बर ५ तारिखका दिन हत्या गरिएको थियो । सुनुवाईमा द्वारा पत्नीले उनलाई धोका दिइएको पनि उल्लेख गरिएको छ । हर्षदका वकिलले आफ्ना ग्राहकको कुनै गल्ति नभएको र कुनै प्रमाण नपुगेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यायाधिसले आगामी सेप्टेम्बर १४ ,२०१७ तारिखका दिन विधिवत रुपमा हत्यारा उनका पति हर्षद कुमार जादवलाई निर्णय सुनाउने भएका छन् । रिनाका परिवारजनले यो निर्णय प्रति औचित्य भएको बताएका छन् भनि बिदेशी बिधुतिय पत्रिका डब्लुटिभीआर डटकमले जुन १५ तारिखमा समाचार लेखेको छ ।


रिना मृत अवस्थामा फेला पर्दा कपडाले बेरिएको प्रहरीले प्राप्त गरेको थियो भने उनलाई भुत्ते हतियारद्वारा बलपूर्वक हिर्काएर मारिएको ठहर चिकित्सा अनुसन्धान परीक्षण अधिकारीले गरेका थिए ।

हानोभर काउन्टी प्रहरी अधिकृत अनुसार रिनालाई मारिएको भोलि पल्ट आफू बस्ने घर नजिकै बारीमा उनको लास फेला पारेको थियो । भारतीय मूलका ३३ वर्षीय कम्प्युटर प्रोग्रामर(सू सांख्य क्रमा देशक ) ले जब उनलाई उनको घरमा पक्राउ गरियो उनको साथमा १० हजार डलर नगद तथा राहदानी समेत प्राप्त भएको अदालतमा वादीले बताएका थिए ।

मृतक रिना जादव (श्रेष्ठ )का दाजु गौरव जी श्रेष्ठले रिनाले न्याय पाउने छिन् भन्ने कुरामा आशाबादी रहेको अन्तर्वार्तामा बिगतमा लेखेका थिए । उनले ३० वर्ष सम्म संगै बसेकी आफ्नी बैनीको हरेक कुरा सम्झना रहेको र झल्झली याद आउने उनले बताएका थिए ।

छिमेकिहरुले दिएको बयान अनुसार हत्या हुने दिन राति ११ बजे तिर चिच्याएको आवाज सुनिएको समेत बताएका थिए । हत्या भएको अर्को दिन बिहान ५ बजेर ४३ मिनेटमा रिनाको लास हानओभर काउन्टी प्रहरी कार्यालयले फेला परेको थियो । मृतक रिना र हत्यारा उनका पति हर्षद कुमार जादव अर्कार्ड मिडो सडकको भवनमा बस्दथे ।

रिनाको विवाह भएको ४ वर्ष भएता पनि निसन्तान थिइन् । रिना निकै प्रतिभाशाली कलाकार ,चित्रकला बनाउन रमाउने र बासुरी समेत बजाउने गर्ने गर्थिन । मृतक रिना बैङ्कमा काम गर्थिन ।

रिनाको हत्या गत सेम्टेम्बर ५, २०१६ तारिखमा भएको थियो भने उनका पति हर्षद कुमार जादवलाई सेम्प्टेम्बर १२ ,२०१६ तारिखमा गिरफ्तार गरिएको थियो । रिनाको दाह संस्कार सेप्टेम्बर १०, २०१६ तारिख रिचमण्ड स्थित ब्लिलेज स्टाप्ल्स मिलमा नजदिक का आफन्त तथा नातेदार बिच गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com