माओवादी र्यालीमा बम बिस्फोट हुँदा ७ घाइते


प्रकाशित मिति : असार ११, २०७४ आईतबार

असार ११, २०७४- नवलपरासी सदरमुकाम नजिकको सुनवल नगरपालिकामा नेकपा माओवादी केन्द्रले निकालेको र्यालीलाई लक्षित गरेर अज्ञात समूहले बम बिस्फोट गराउँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।

चुनाब प्रचारको अन्तिम दिन आइतबार सुनवल नगरपालिकामा केन्द्रले गाडिमा चुनाबी र्याली गरेको थियो । महेन्द्रराजमार्गको भुमहिवाट सुनवल तर्फ कार्यकर्ता बोकेर हिंडेको बस सोमनाथ खोलाको पुलमा पुग्दा बिष्फोटमा परेको हो । अज्ञात समूहले पुल क्षेउको ढुंगामा बम लुकाएका थिए ।

बिस्फोटमा घाइतेहरुको प्रहरीले उद्धार गरेर उपचारको लागि लगेको छ । करिब ६ दर्जन गाडीमा मतदाता राखेर माओवादीले र्याली निकालेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com