मोटरसाइकल दुर्घटनामा मृत्यु


प्रकाशित मिति : असार ११, २०७४ आईतबार

विराटनगर, ११ असार । मोरङको लेटाङमा गए राति मोटरसाइकलको दुर्घटनामा परी लेटाङ– ५, खेरुवा बस्ने २६ वर्षीय प्रदीप राईको घटनास्थलमै मृत्यु भएको छ ।

मोटरसाइकल अनियन्त्रित हुँदा लेटाङ–४ स्थित कानेपोखरी–लेटाङ सडक खण्डमा उनले चलाएको को ५ प ६६५३ नंको मोटरसाइकल दुर्घटनामा परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com