कुटपिटबाट बालकको मृत्यु


प्रकाशित मिति : असार ११, २०७४ आईतबार

लहान, ११ असार । झैझगडाका क्रममा अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा, लक्ष्मीपुरपतार गाउँपालिका–३ निवासी १३ वर्षीय सोनुकुमार साहको उपचारका क्रममा गए राति मृत्यु भएको छ ।

स्थानीय पोखरीमा पूजा गरी घर फर्कने क्रममा शुक्रबार कुटपिटबाट गम्भीर घाइते साहको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com