दुई बालक मृत फेला

प्रकाशित मिति : असार ११, २०७४ आईतबार

इटहरी, ११ असार । सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ बूढीखोलाको पुल नजिकै आज बिहान स्थानीयवासीले दुईजना बालकको शव फेला पारेको इलाका प्रहरी कार्यालय, दुहवीले जनाएको छ ।

प्रहरीका अनुसार सुनसरीको लौकही घर भई हाल दुहवी–४ मा बसोबास गर्दै आएका दिदीभिनाजुको घरमा बस्दै आएका १४ वर्षीय आकाशकुमार साह र इटहरी खनार १४ घर भई हाल दुहवी–४ मा रहेको मावली घरमा बस्दै आएका ११ वर्षीय सजन चौधरी मृत अवस्थामा फेला परेका हुन् ।

उनीहरु दुवै शनिबार दिउँसो ४ बजेदेखि घर परिवार अर्थात् नातेदारबाट सम्पर्कविहीन हुन पुगेका थिए । दुवैलाई बूढीखोलाले बगाउँदै ल्याएको अवस्थामा शव देखिएको र उनीहरु शनिबार सम्पर्कविहीन भएका किशोरहरु भएको खुल्न आएको पनि इप्रका, दुहवीले जानकारी दिएको छ । रासस

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com