म्याग्दीका प्राकृतिक तातोपानीका मुहान अलपत्र


प्रकाशित मिति : असार ११, २०७४ आईतबार

म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाउँपालिकामा रहेका मूलबाट नै तातोपानी आउने मुहानको संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा रहेका छन् ।

प्राकृतिक चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीमा मात्रै म्याग्दी नदीको किनारमा पाँचवटा तातोपानीका मुहान रहेका स्थानीयवासीले बताएका छन् ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानी, धौलागिरि गाउँपालिकाको मुदी बगर, मालिका गाउँपालिकाको भालेबास्ने ताल, हिस्तान र दानाको कालीगण्डकी किनारामा गरी नौवटा तातोपानीका मुहान संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा रहेका हुन् ।

जिल्लाका विभिन्न ठाउँमा गरी १४ वटा तातोपानीका मुहान पत्ता लागे पनि ती मुहानको संरक्षणमा कसैले पनि चासो नदेखाएको स्थानीयवासीको भनाइरहेको छ । मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका मुहानको संरक्षण गरी तिनको प्रचारप्रसार गर्न सक्ने हो भने राउण्ड अन्नपूर्ण र राउण्ड धौलागिरिमा आउने विदेशी पर्यटकका साथै विभिन्न रोगका बिरामीले लाभ लिन सक्ने सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्राकृतिक उपचारस्थलका रुपमा परिचित बेनपा–४ सिंगा तातोपानीको म्याग्दी नदी किनारामा मात्रै पाँचवटा तातोपानीका मुहान भेटिएका समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।

नेपालमा नै प्रशिद्धि कमाउन सफल तातोपानी कुण्डमा वार्षिक २० हजारको हाराहारीमा बिरामी डुबेर उपचार गर्न आउने गरेका छन् । तातोपानीमा रहेका अन्य मुहानलाई पनि व्यवस्थित गर्नुपर्ने शाक्यले बताउनुभयो । यहाँ बाथ, ग्यास्ट्रिक, गानोगोला, चर्मरोगदेखि लिएर प्यारालाइसेसजस्तो कठिन रोग लागेका व्यक्तिहरु डुबेर उपचार गर्नका लागि आउने गरेका छन् ।

त्यसैगरी मुदीको बगर, दरवाङको भालेबास्ने ताल, भुरुङ तातोपानी, हिस्तान, दानाको कालीगण्डकी किनारमा गरी अन्य नौवटा तातोपानीका मुहान पmेला परेका स्थानीयवासीले बताएका छन् । म्याग्दी र कालीगण्डकी नदीको बगरमा रहेका यी तातोपानीका मुहानमा मूलबाट नै गन्धक र बिरेनुनको गन्धसहितको ५० देखि ५८ डिग्री सेल्सियससम्मको तातोपानी निस्कने गर्छ । सिंगातातोपानी, भुरुङ तातोपानी, दाना र मुदीको तातोपानीको मुहानलाई व्यवस्थित रुपमा पोखरी निर्माण गरी सङ्कलन गर्ने गरिएको छ भने अन्य ठाउँमा रहेका तातोपानीका मुहानलाई व्यवस्थित गर्न सकिएको छैन ।

म्याग्दीमा रहेका यस्ता प्राकृतिक तातोपानीका मुहानलाई व्यवस्थित गरी प्रचारप्रसार गर्न सक्ने हो भने बिरामीले स्वास्थ्य लाभ लिनुका साथै उपचार पर्यटनमार्फत स्थानीयवासीले आय आर्जन गर्न सक्ने बलियो सम्भावना रहेको नेकपा (एमाले) म्याग्दीका सचिवालय सदस्य राजकुमार थापाले बताउनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com