ओलम्पिक दिवसमा सञ्चारकर्मी दौड र सम्मान


प्रकाशित मिति : असार १०, २०७४ शनिबार

पोखरा, १० असार । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका उपलक्ष्यमा भूतपूर्व खेलाडी मञ्च कास्कीद्वारा शुक्रबार स्व शिवशङ्कर रञ्जित दोस्रो पुरुष तथा महिला सञ्चारकर्मी दौड प्रतियोगिता गरिएको छ ।

‘स्वास्थ्य र शान्तिका लागि खेलकुद’ भन्ने नारासहित आयोजित पाँच किमी दूरीको दौडको पुरुषतर्पm भीम थापा, विजय नेपाली र देवेन्द्र पुन तथा पत्रकार महिलातर्पm पार्वती थापा, सपना अधिकारी र सुष्मिता सुवेदी क्रमशः प्रथम, द्वितीय र तृतीय भई रु सात, पाँच र तीन हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरे । सोही समारोहमा भूपू खेलाडी मञ्च कास्कीद्वारा सञ्चालित अग्रज पत्रकार सम्मानबाट यस वर्ष वरिष्ठ पत्रकार नारायण कार्कीलाई पनि सम्मान गरियो ।

प्रतियोगितामा पोखराका विभिन्न सञ्चारमाध्यममा कार्यरत १४ पत्रकार महिलासहित ३७ जनाको सहभागिता थियो । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रतियोगिताका विजयी सञ्चारकर्मीलाई प्रमाणपत्र एवम् पदक प्रदान गर्दै आवश्यक भौतिक संरचना तयार गरी पोखरालाई खेलकुदको तालिम केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com