दमकल गाडी तोडफोड


प्रकाशित मिति : असार ९, २०७४ शुक्रबार

भद्रपुर, ९ असार । आगो निभाउन आएका भद्रपुर नगरपालिकाका दमकलमा तोडफोड भएको छ ।

गएराति करिव ९ बजे आगो लागेको सूचनाका आधारमा गएको सो दमकललाई केही उछृङ्खल युवाले ढुंगा हानेर अगाडिको सिसा तोडफोड गरेको भद्रपुर नगरपालिकाका दमकल शाखाले जनाएको छ । तोडफोडका क्रममा एक जना कर्मचारीको पनि चोटपटक लागेको छ ।

स्थानीय लेखनाथ चोकमा बिजुलीको खम्बामा बिजुली सर्ट भई आगो लागेको थियो । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com