ट्रक दुर्घटनामा तीनको मृत्यु
प्रकाशित मिति : असार ९, २०७४ शुक्रबार
मलेखु (धादिङ), ९ असार । पृथ्वीराजमार्ग अन्तर्गत जोगिमाराको हुग्दी खोलामा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुण सिंहकाअनुसार काठमाडाँबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३१२३ नं को ट्रक हुग्दी खोलामा पल्टिँएर दुर्घटना भएको हो ।
दुर्घटनामा चालक बारा जिल्ला गढीमाई निवासी नरबहादुर खत्री सहचालक जीवन लामा र ट्रकमा सवार यात्रु सञ्जु राईको मृत्यु भएको छ ।
खत्री ट्रक धनी हुन् । अत्याधिक गतिमा गुडेको ट्रक सडकबाट खोलामा खसेर दुर्घटना भएको थियो । रासस
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






