गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक : नेता खनाल


प्रकाशित मिति : असार ९, २०७४ शुक्रबार

इलाम, ९ असार । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताउनुभएको छ ।

इलामको रोङ गाउँपालिकाको शान्तिपुरको बरफल्याङमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेता खनालले अशिक्षा, बेरोजगारी र गरिबीलाई हटाउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो । नेता खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन जसरी भए पनि तोकिएकै समयमा सम्पन्न गर्न सरकारलाई आग्रह गर्नुभयो । “निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासतर्फ उन्मुख हुन्छ”, नेता खनालले भन्नुभयो ।

उहाँले लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासका लागि संविधान कार्यान्वयनको विकल्प नभएको जिकिर गर्दै एमालेले देश विकासको नयाँ एजेन्डा ल्याएको बताउनुभयो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com