एक हजारको मोबाइल किन्दा पाँच हजारको गिफ्ट


प्रकाशित मिति : असार ९, २०७४ शुक्रबार

एसइई दिएकालाई सेल्फी स्टिक सित्तैमा

केएल मोबाइल हबमा जारी मोबाइल एक्स्पोमा एक हजारको मोबाइल किन्दा पाँच हजारबराबरको गिफ्ट ह्याम्पर पाइने मोबाइल हबले जनाएको छ । हबका प्रबन्ध–निर्देशक अलाइभ ग्लाइडरले ५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोनको खरिदमा एक लाखभन्दा बढी भ्यालु भएको गिफ्ट ह्याम्पर पाउने व्यवस्था गरिएको बताए ।

एसइई परीक्षाको प्रवेशपत्र लिएर आउने हरेक विद्यार्थीलाई मोबाइल हबमा प्रवेश गरेसँगै सीमित अवधिका लागि एउटा सेल्फी स्टिक निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको हरेक मोबाइलको खरिदमा केएल टावरस्थित एफ क्युब सिनेमाको २ वटा टिकट र क्लब डेजाभुको ४ हजारबराबरको २ वटा टिकट उपलब्ध गराइने मोबाइल हबले जनाएको छ । ५० हजारभन्दा माथिको स्मार्टफोन खरिदमा एफ क्युब सिनेमाको २ वटा टिकट र क्लब डेजाभुको एक वर्षका लागि प्रिभिलेज कार्ड उपलब्ध गराइनेछ ।

केएल मोबाइल हबको भिजिट गर्दा लक्की ड्रमार्फत सिंगापुर र मेलेसिया भ्रमणको अवसर प्राप्त गर्न सकिने तथा फोटो कन्टेस्टमा भाग लिएर सामसुङ ग्यालेक्सी एस ८ जित्ने अवसर पाइने प्रबन्ध–निर्देशक ग्लाइडरले बताए । केएल टावरमा खोलिएको मल्टी ब्रान्ड मोबाइल हब नेपालमै पहिलो भएको उनको दाबी छ ।

मोबाइल एक्स्पोमा आइफोन, सामसुङ, ब्ल्याकबेरी, वन प्लस, एचटिसी, नोकिया, सोनी, ओप्पो, जियोनी, हुवावे, जोप्पो, एमआई, ओबिआई, एलजी, कुलप्याड, लेनेभो, जेटटिई, युएमआई, लाभा, कलर्स, पानासोनिक, किन्जिन्दा, डिटिसीका मोबाइल फोनको कारोबार भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com