जनावरको अंगप्रत्यंग जलाउन १ करोडभन्दा धेरै खर्च


प्रकाशित मिति : असार ९, २०७४ शुक्रबार

हतारहतारमा तामझामसहित कार्यक्रम गर्दा खर्च बढ्यो –

जंगली जनावरका अंगप्रत्यंग (अखेटोपहार) जलाउन १ करोडभन्दा धेरै खर्च भएको छ । चोरी–तस्करी गर्ने गिरोहबाट बरामद भएका ४ सय १२ प्रकारका अखेटोपहार जलाउन सो रकम खर्च भएको हो । अखेटोपहार जलाउन सबै खर्च आइएनजिओले गरेको पाइएको छ । तर, वन तथा भूसंरक्षण मन्त्रालयले ताकेता गर्दा पनि आइएनजिओहरूले खर्चको विवरण पठाएका छैनन् । ‘हामीले खर्चको सबै विवरण आइएनजिओसँग मागेका छौँ,’ मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलले भने, ‘खर्च गरेको करिब एक महिना पुगिसक्दा पनि आइएनजिओहरूले खर्च विवरण बुझाएका छैनन् । अब आधिकारिक रूपमा पत्र लेखेर खर्चको विवरण माग्छौँ ।’

‘यति धेरै खर्च हुँदैनथ्यो’
विकल्पमा छलफल नै नगरी अखेटोपहार जलाउँदा खर्च बढी लागेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग स्रोतले दाबी गरेको छ । ‘जंगली जनवारका अखेटोपहार जलाउन यति धेरै खर्च हुँदैन,’ विभाग स्रोतले भन्यो, ‘विकल्पमा छलफल नै नगरी अखेटोपहार जलाउने काम भयो । धेरै अखेटोपहारलाई संरक्षण गरी अनुसन्धान र संग्रहालयमा प्रयोग गर्दा कम खर्च हुन्थ्यो ।’

४ जेठमा मन्त्रिपरिषद् बैठकले अखेटोपहार जलाउने निर्णय गरेपछि चार दिनमै हतारहतारमा चितवनको कसरामा सार्वजनिक रूपमा जलाइएको थियो । तामझामसहित गरिएको कार्यक्रममा तत्कालीन परराष्ट्रमन्त्री प्रकाशशरण महत, वनमन्त्री शंकर भण्डारी, राज्यमन्त्री दीर्घराज भाट, जनसंख्या तथा वतावरणमन्त्री जयदेव जोशी, सरकारी कर्मचारीसहित उच्च सुरक्षा अधिकारीहरू उपस्थित थिए । अखेटोपहार मूल्यहीन हुन्छ भन्ने सन्देश दिन कार्यक्रम गरिएको मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुन संस्थाले कति खर्च गरे ?
अखेटोपहार जलाउनुअघि १ करोेड १० लाखको अनुमान गरिएको थियो । सो रकम सरकारले खर्च नगरी आइएनजिओहरूले खर्च गर्ने योजना बन्यो । सोही योजनाअनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष र जिओलोजिकल सोसाइटी अफ लन्डन (जेडेसेल)ले खर्च गरेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषले ४० लाख, जेडेसेलले १० देखि १५ लाख र विश्व वन्यजन्तु कोषले ५५ लाख रुपैयाँ खर्च गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले खर्च गरेको रकम अमेरिकी सहयोग (युएसएआइडी)ले बेहोरेको छ । जेडेसेलले अखेटोपहार संरक्षणमा खर्च गरेकाले जलाउँदा काम खर्च गरेको स्रोतले जनायो ।

कति जलाइए अखेटोपहार ?
सरकारले ९ चैत ०५४ मा अखेटोपहार जलाएको थियो । झन्डै २ दशकपछि ४ हजार १२ प्रकारका जंगली जनवारका अखेटोपहार जलाएको छ । आफँै मरेका र चोरी–सिकारी गर्ने क्रममा बरामद भएका ४८ प्रजातिका अखेटोपहार जलाइको हो । जसमा बाघको छाला ६७, गैँडाको खाग ३ सय ५७, हात्तीको पुच्छरको रौँ ३ सय ५४, कस्तुरीको विना ३४ थान, ध्वाँसे चितुवको छाला २ थान, हिउँ चितुवाको छाला १ थान छन् । यसैगरी चिरुको ऊन ४२ पोका, सालकको खपटा २ पोका, हाब्रेको छाला ४७ थान, चितुवाको छाला ४ सय १८ थान, भालुको पित्त १५ थानलगायत ४ हजार १२ थान अखेटोपहार नष्ट गरिएको थियो ।

संरक्षणमा राखिएको अखेटोपहार
वैज्ञानिक खोज अनुसन्धानसँगै संग्रहालयका लागि भन्दै थोरै मात्र अखेटोपहार राखिएको छ । व्यवस्थित रूपमा नकुहिने गरी राखिने विभागले जनाएको छ । बाघको छाला ५, गैँडाको खाग १०, कस्तुरीको विना ४, चिरुको ऊन १ पोका, हाब्रेको छाला २, हिउँ चितुवाको छाला १ थान राखिएको छ । संरक्षित राखिने अखेटोपहार निकुञ्जको कार्यालय कसरामा भण्डारण गरिएको छ । १२ किलो हात्तीका दाह्रा पनि सुरक्षित राखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com