किन साझा पार्टी ?


प्रकाशित मिति : असार ८, २०७४ बिहीबार

-विजयकुमार पन्त

हामी सबैलाई थाहा भएकै कुरा हो, नेपाली राजनीतिले ६ दशक अधिकार र व्यवस्था परिवर्तनका लागि खर्चियो । यस बीचमा यो गर्छु र त्यो गर्छु भन्दै हिँडेका साना र ठुला दलका प्राय सबै शिर्ष नेत्रृत्वको पनि राजनीतिक औकात,योग्यता,क्षमता,­­आदर्श,इमानदारि र पारदर्शि जीवन देखियो र भोगियो पनि । राजनीतिज्ञमा नैतिकता हुन्थ्यो भने अवसर पाएर पटकपटक सत्तासिन हुँदा पनि केहि गर्न नसकेपछि दोषारोपण गरेर हैन राजनीति क्षमताको विषय रहेनछ भन्ने निष्कर्ष सहित इमानदारिताका साथ राजनीतिबाट सन्यास लिन्थे र मार्ग प्रशस्त गर्थे अर्को पुस्ताका लागि । र्दुभाग्य नै भन्नुपर्छ ,नेपाली राजनीतिको चाबि सेवाकर्मिको भन्दा पनि पेसाकर्मिको हातमा परेको रहेछ ।

तीव्र आक्रोशका बीच नेपाली राजनीतिको पर्दा पछाडि विगत केहि समयदेखि सु–संस्कारयूक्त वैकल्पिक राजनीतिक शक्ति निर्माणको बहस चलिरहेकै हो । दोश्रो संविधान सभाबाट संविधान जारि भए लगत्तै पुुृर्वप्रधानमन्त्री डा। बाबुुुराम भट्टराई एक्लैले एमाओवादि परित्याग गरेर नेपाली राजनीतिमा एउटा नयाँ राजनीतिक शक्ति निर्माणको आँट देखाए । तर के हो नयाँ शक्ति ? किन आवश्यकता बोध गरियो ? उदाउँदो शक्ति पुुराना शक्ति भन्दा भिन्न कसरी पुष्टि गर्नै पर्दथ्यो । बिडम्वना नै भन्नुपर्छ , आलोचक र केहि राजनीतिक विश्लेषकको विश्लेषणलाई टेवा पुर्याउँदै व्यवहारिक रुपमा चाँहि उनले पनि वैकल्पिक शक्तिको आवस्यकता पुष्टि हुने आचरण र आदर्श पेस गर्न सकेनन् या जाननेन् किनभने त्यो पहिलो स्थानिय तह निर्वाचनको नतिजाले पनि पुष्टि गरेको छ ।


वैकल्पिक शक्ति अब साझा

नेपाली राजनीतिमा पुराना शक्ति पुर्णत असफल र विफल सावित भईसके भन्ने निष्कर्ष सहित निर्णायक शक्तिको उदय सम्भव छ का बहसकर्ता एंव सञ्चारकर्मि रवीन्द्र मिश्रले गत फागुन १७ गते आफ्नो २२ वर्ष लामो बीबीसीको सेवाअवधिबाट अवकाश लिए । नेपालमा संवैधानिक र समावेसि लोकतन्त्र भित्र पद्वति ,पारदर्शिता ,इमानदारिता र उत्कृष्टता अर्थात स्टिमको चार खम्बामा रहि सुसंस्कृत राजनीतिको जग निर्माण गर्न सक्ने हो भने दशकौँदेखिको स्वार्थलिप्त, दोहनकारि, आडम्बरि र अपारदर्शि राजनीतिबाट वाक्कदिक्क भएका तर मनमष्तिसकै एउटा कुनामा चाहिँ यो देश बनाउन सकिन्छ सकिन्छ र बनाउनै पर्छ भन्ने आत्मविश्वास बोकेका स्वदेश तथा विदेशमा रहेका लाखौँ नेपालीले एकैचोटि स्वस्फुर्त राहतको स्वास फेर्नेछन ।

विगतमा भएका यस्ता वैकल्पिक प्रयास तिनका कमि कमजोरी र विफलतानै साझाको लागि एक शंकाको घेरा बन्न पुगेपनि ती बाट साझाका केन्द्रिय अभियान्ता कत्तिपनि अनविज्ञ र विचलित छैनन बरु पाठ सिक्ने अवसर मिलेको छ । एउटा प्रतिबद्द समुहले इमानदारिताका साथ दुरदृष्टि राखेर शसक्त ढङगले राष्टव्यापि हस्तक्षेप नगरि विश्व इतिहासमा कुनैपनि देशको समष्टिगत रुपान्तरण सम्भव नभएको इतिहासलाई साक्षी राख्दै साझा पार्टिको एक मात्र उद्वेश्य सबै क्षेत्रका इमानदार र क्षमतावान नेपाली मिलेर स्वच्छ राजनीतिको बलमा देशलाई १० देखि २० वर्षको बीचमा अर्थात आफ्नै जीवनकालमा रुपान्तरण गर्न सक्ने एउटा साझा मञ्च निर्माण गर्नु हो ।

साझाको ताजा अनुभव ःपार्टि निमार्ण प्रक्रिया सुरु गरको छ सातामै कहिँकतै औपचारिक संगठन निमार्ण नै नभई स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिँदा पनि छ दशक देखि जरा गाडेका पार्टिहरुसँग कडा प्रतिस्पर्धाका माझ स्थापित हुनु पनि आफैँमा उपलव्धिपूर्ण कुरा हो । सक्षमतालाई प्रवर्धन गर्दै इमानदारीपूर्वक प्रयास गर्ने हो भने सुसंस्कृत राजनीतिको जग हाल्न सकिन्छ भन्ने विश्वासलाई मतदाताहरुले नै पुष्टि गरिदिएका छन् यसपालि काठमाडौँ र ललितपुरबाट । यसर्थ ,मतदाताले साझा पार्टिलाई भरपर्दो विकल्पको रुपमा पनि उभ्याएका छन् ।

साझाको ३ अपरिहार्यता

पहिलो , विद्ममान राजनीतिक पार्टी र नेत्रृत्व पद्वति विहिन, अपारदर्शि , स्वार्थी, असक्षम ,गुटबन्दियुक्त र विकासका मामिलामा दृष्टिविहिन बन्दै गएकोले यि मध्ये कुनैले पनि अब आर्थिक समृद्विको आवश्यकतालाई पुष्टि गर्न सक्दैनन भन्ने निष्कर्ष । जहाँ प्रश्न उठ्न सक्छ यि सब राजनीतिक धरातल नभएकाहरुको उच्च महत्वाकांक्षा मात्रै हो । व्यवस्था परिवर्तन यिनै शक्तिले गरे भने अवस्था परिवर्तनमा पनि यिनैलाई रुपान्तरण नगरि संभवै छैन भनेर तर्क गर्नेहरुलाई पंक्तिकारको सिधा प्रश्न अब एकपल्ट वर्तमान शक्तिलाई नै सहयोग गर्ने र सुधार्दै लाने हो भन्दाभन्दै वर्ष हैन कति दशक खर्चियौँ ? के नेपाल वाद र वादको नेत्रृत्व गरेको व्यक्तिको प्रयोगशाला मात्रै बन्ने हो ? नेपाली जनताको साथ र समर्थनले नै वितेका दशकहरुमा राजनीति,सरकार,सत्ता र संविधान बदलिए पनि अबस्था चाँहि किन जहाँ को तहिँ ?आर्थिक समृद्दि भनेको एकादेशको कथा हो त्यो सधैँ सुनाएर र सुनेरै मात्र बस्न ? भन्न खोजेको ,साझाको पहिलो अपरिहार्यता आर्थिक अवस्था फेर्नु हो ।

दोस्रो ,स्थापित विभिन्न राजनीतिक शक्तिहरुको वाद र सिद्दान्तको बहस केवल कमाईखाने भाँडो मात्रै भयो किनभने वादले परिकल्पना गरेको जनजीविका र वास्तविक जनजीविका बीचको अन्तर यति कहालिलाग्दो छ जसको दुरि अब यिनै पुराना शक्तिबाट घट्छ भन्ने आश गर्नु बेकार भईसक्यो । त्यसैले बास्तविक धरातललाई नभुलि आर्थिक समृद्दिलाई केन्द्रविन्दुमा राखेर अबको राजनीतिक शक्ति निर्माण गरिनुपर्छ भन्ने आग्रहलाई सम्बोधन गर्न ।

तेस्रो,पुराना पार्टी भित्र पनि इमानदार र होनाहार मान्छेहरु छन् तर आजको सन्र्दभमा उनिहरु पार्टीको एसम्यान भएर देश रुपान्तरणका लागि केहि पनि गर्न सकिँदैन रहेनछ भन्ने निष्कर्ष सहित बसिरहेका छन् । यसर्थ ,देशको रुपान्तरणको लागि सबै पार्टिभित्रका राम्रा,स्वच्छ र इमानदार छविका व्यक्तिहरु र विभिन्न पेसा व्यवसायमा आवद्द विज्ञ र दक्ष मान्छेहरु नै अब वैकल्पिक शक्ति निर्माणमा अग्रसर हुनुपर्छ भन्ने निष्कर्षलाई यथार्थ जीवन दिन ।

साझाको अपरिहार्यता पुष्टि भईसकेपछि अब यसले अगाँलेको चार खम्बाको संक्षिप्त विष्लेषण आजको दिनमा सान्र्दभिक र उपयूक्त हुन्छ । व्यक्तिगत र दलीय स्वार्थमा केन्द्रित भएर देश,जनता र लोकतन्त्रप्रति हालको नेपाली राजनीतिक नेत्रृत्वले गरेको गद्दारी, बदमासी र पद्दति विहिनताको आचरण अपवाद नभएर नियमितता बनिसके । लोकतन्त्रमा पद्दतिको उल्लंघन भनेको अराजकता हो ।आफ्ना लागि प्रतिकुल हुने वित्तिकै पद्दति नै परिवर्तन गर्ने संस्कारबाट अभ्यस्त भएका दलबाट पद्दतिमा आधारित सुसंस्कारयुक्त राजनीतिको आशा गर्नु बेक्कार नै हुन्छ । नेपाली राजनीतिमा सुसंस्कारयुक्त राजनीतिको जग राख्न साझा पार्टी पद्दतिमा डेग चल्ने छैन चाहे त्यो कुनै बिन्दुमा पुगेपछि पार्टीका संस्थापक नेताहरुका लागि नै प्रतिकुल किन नबनोस् ।

राजनीतिको मुल मर्म भनेको सेवा हो । पैतृक सम्पत्ति वा वैध आम्दानी स्रोत भए भिन्नै कुरा नत्र पुर्णकालिन नेता कार्यकर्ताको नियमित घर खर्च केले चल्छ ? सहयोगीको घरखर्च कसरी जुट्छ? राजनीतिलाई नै रोजगारी बनाएकाहरुको मोटर केले चल्छ ? मन्त्रि र सांसद हुँदा कमाएकै बाँकि छ भनेर रेडिमेड उत्तर दिनेहरुलाई सिधा प्रश्न कति समय बन्नुभयो मन्त्रि र सांसद ?कति थियो तलब भत्ता ? कति हुन्छ अहिलकोे महङिगमा नियमित मासिक खर्च ? पार्टीले नै खर्च बेहोरेको छ भनेर गौरवका साथ भन्नेहरुलाई प्रश्न तपाईहरु आबद्द पार्टीले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण कति छ ? यी र यस्ता सामान्य प्रश्नको उत्तर पनि दिन नसकेर पारदर्शितामा थलिएका दल र नेताबाट भ्रष्ट्रचारमा शुन्य सहनशिलता र सुशानको अपेक्षा गरेर कतिन्जेल बस्ने ?यसर्थ ,दोस्रो खम्बा पारदर्शिताको सवालमा साझा पार्टी आबद्द नेता र पार्टीको जीवनमा कहिल्यै पनि जनविश्वासमा कमि हुने छैन ।

नेपाली समाजमा पछिल्ला केहि दशकमा देखिएको इमानदारितामा क्षयिकरण समग्र समाज रुपान्तरणका लागि सबैभन्दा ठुलो चुनौतीको रुपमा देखिएको छ । हामी कति सजिलै नेतालाई भ्रष्ट भनेर गाली गछौँ तर कत्ति पनि आफँँैले आफैँलाई प्रश्न गर्दैनौँ किे मेरो आदर्श र व्यवहारमा पनि कत्तिको तालमेल छ ? के ती नेता पनि हाम्रै समाजका प्रतिनीधि पात्र हैनन् र ?हामी सबैले आ–आफ्नो ठाउँबाट इमानदारिताको पुनस्थापना गर्यौँ भने उनिहरु सच्चिन बाध्य हुनुपर्दैन र ? हो ,यहि बहसका बीच स्थापित साझा पार्टीले अवलम्बन गर्ने पद्दति र पारदर्शिता अहिलेका दलहरुले अभ्यास गरेभन्दा सतप्रतिसत फरक छ । साझामा आबद्द उच्च नेत्रृत्वको इमानदारितामा शंका गर्ने कुनै ठाउँ नै छैन । उच्च नेत्रृत्व इमानदारितामा यसैगरी एक इन्च पनि नचुक्ने हो भने तिनले चाल्ने कदमले बाँकि फोहोर त सफा गर्छ गर्छ ।

पद्दति,पारदर्शिता र इमानदारिताले लोकतन्त्र र विधिको शासनलाई मजवुद बनाउँछ । संगै द्रुत गतिमा समग्र देशको रुपान्तरणका लागी उत्कृष्टताको चयन र कदरमा पनि कुनै सम्झौता हुनै हुँदैन । त्यसैले साझा पार्टीले पद्दति ,पारदर्शिता ,इमानदारिता र उत्कृष्टतालाई पार्टीको चार खम्बाको रुपमा आत्मसात गरेको छ । पद्दतिमा डेग नचल्ने ,पारदर्शि ,इमानदार र उत्कृष्ट जनशक्तिले बाँकि सबै प्रतिकुलता चिर्न आफैँ सक्षम हुन्छ ।

अन्तमा,नेपालका पुराना र ठूला भनिने राजनीतिक शक्तिहरुको अब सिमान्त उपयोगिता नै सक्कि सक्यो । लोकतन्त्र र गणतन्त्रप्रति यहाँहरुको संघर्षलाई सलाम । तर हिजो गरेको संघर्षलाई देखाएर बाँचुन्जेल सम्म पदमा बसिरहने र आर्यघाट नपुग्दासम्म कुर्सिमा टाँसिरहने प्रवृतिले मुलुकको हित हुनै सक्तैन अब । प्राकृतिक स्रोत र साधनमा हामी भन्दा कैयौँ विपन्न देशहरु सपन्न बनिसके तर हामी दशकौँ देखि गरिविको गरिविमै पिल्सिएका छौँ । हाम्रो लागि बाधक अरु केहि पनि हैन केवल हाम्रो मानसिकता र आत्मविश्वासको अभाव हो । छुट्टाछुट्टै गरेर केहि हुनेवाला छैन । निर्णायक शक्तिका लागि बाहिरकाले आँट गरिनै सके प्रश्न पार्टी भित्रकाको साहस छ कि छैन भन्ने हो । नत्र ,उनिहरुको युवा जोसजाँगर ,योग्यता , क्षमता, इमानदारिता सबै देशको समग्र रुपान्तरणका लागि नभई लोकतन्त्र, गणतन्त्र र संविधान ल्याउनुको गौरवमानै सिमित रहनेछ । समग्र देशलाई आफ्नै जीवनकाल अर्थात् १० देखि २० वर्षको अवधिमा रुपान्तरण गर्ने लक्ष्य सहित निर्णायक शक्तिको रुपमा उदायको साझा पार्टी नयाँ कालखण्डको माग हो । जे नहुनु भई नै सक्यो ,अब दोषारोपण र दोषानुभूति नगरि देशलाई आफ्नै जीवनकालमा रुपान्तरण गर्ने हो भने एकढिक्का भएर सुरु गर्ने अवसर अहिले हो, आजै हो भोलि त ढिला भइसक्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com