धादिङमा भूकम्पको धक्काले एकको मृत्यु


प्रकाशित मिति : असार ८, २०७४ बिहीबार

धादिङ,असार ७-  दक्षिणी धादिङको धुनिबेँसी नगरपालिका वडा नं ५ मा रहेको टाटा इँटा भट्टामा काम गर्ने एक मजदुरको आज भूकम्पको धक्काले इँट्टा खसेर मृत्यु भएको छ । इँटा भट्टामा पोलेको इँटा मिलाउँदै गर्दा भूकम्पको धक्काले इँटाले लागेर भारत दरबङ्गा निवासी मजदुर ३५ वर्षीय रिजन सदाइको घटनास्थलमै मृत्यु भएको हो भने उनका छोरा १० वर्षीय दलम सदाई घाइते भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

घाइतेलाई उपचारका लागि काठमाडौँको ट्रमा सेन्टरमा लगिएको छ भने मृतकलाई शव परीक्षणका लागि पठाइएको छ । आज बिहान १० बजेर २५ मिनेटमा मकवानपुरको चित्लाङमा केन्द्रबिन्दु बनाई ३.२ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com