गुल्मीकी २१ वर्षीया उम्मेदवारको एजेण्डा- लैंगिक बिभेद हल गर्छु


प्रकाशित मिति : असार ८, २०७४ बिहीबार

आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह चुनावमा गुल्मीको चन्द्र गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएकी खीमा विश्वकर्माले लैंगिक बिभेद समाधान गर्ने चुनावी एजेण्डा लिएकी छन् ।

नयाँ शक्ति पार्टीबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी २१ वर्षीया विश्वकर्मा स्थानीय तह प्रमुखमा सम्भवतः गुल्मीकी सबैभन्दा कान्छी उम्मेदवार हुन् ।

जिल्लामा दलित र महिलाहरुले प्रमुख पदमा उम्मेदवारी नपाए पनि नयाँ शक्तिले भने दुबै क्षेत्रको प्रतिनिधित्व गर्दै उम्मेदवार बनाएको उक्त पार्टीका जिल्ला संयोजक तेजेन्द्र थापाले जानकारी दिए ।

गाउँपालिका प्रमुख उम्मेदवार विकले समाजमा व्याप्त भ्रष्टाचारको अन्त्य, बिकासको नयाँ शैली र महिला हिंसा मुक्त समाज बनाउने चुनावी ऐजेण्डा राखेकी छन् ।

उनले सामाजिक विभेद मुक्त तथा सामाजिक बिकृति समाज, स्वरोजगार युक्त सुन्दर, शान्त समृद्ध गाउपालिका निर्माणका लागि आफनो उम्मेदवारी रहेको बताइन् । महिला, दलित र युवाहरु प्रतिनिधित्व गर्दै उम्मेदवार बनेकी बिकले आफूले जिते वढ्दो बेरोजगारी अत्य गर्नको लागी बिशेष योजना ल्याउने बताइन् ।

‘महिलाहरुलाई प्रमुख पदमा अझै पनि पुरुष समुदायबाट बिश्वास कम गर्छन’ उनले भनिन ‘त्यसको अत्य गर्न र महिलाले पनि पुरुष सरह केहि गर्न सक्छन् भन्ने उदारणीय पात्र बन्ने गरी काम गर्ने अबसर चाहिएको छ ।’

महिला र दलित प्रति नीतिमा परिर्वतन भएपनि व्याहबारमा परिर्वतन नआएकोले त्यसको अत्य गर्न आफनो बिशेष भुमिका रहने उनको अठोट छ ।

गाउँपालिकाको प्रमुखका ठूला तीन दलमध्ये माओवादी केन्द्रले मात्र १ गाउँपालिकामा महिलालाई प्रमुखमा उम्मेदवार बनाएको छ भने अरु २ दलले प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएका छैनन् । जिल्लामा रहेका १२ वटा स्थानीय तहमा नगर र गाउँपालिकाको पमुखमा पनि प्रमुख पदमा दलित उम्मेदवारलाई प्रमुख पदमा उम्मेदवार कम मात्रमा बनाएका छन् । ठुला दल मध्ये एमाले केहि वडामा र माओवादीले नगर प्रमुख र केहि वडा अध्यक्षमा उम्मेदवार बनाएका छन् ।

अनलाइन खबरबाट ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com