राजधानीमा दैनिक १२ हजार यातायातका साधन गुड्छन् ! (भिडियो)


प्रकाशित मिति : असार ७, २०७४ बुधबार

काठमाडौं ७ असार । देशको राजधानी । लामो समयसम्म काठमाडौंबाटै देशको शासन व्यवस्था संचालन भयो । त्यसैले सेवा सुविधा र अवसर पनि काठमाडौंमै केन्द्रित भयो । स्वभाविक मान्नुपर्छ, धेरै मानिस अवसर खोज्दै काठमाडौं आउनेक्रम अहिले पनि जारी नै छ ।

जनघनत्व बढ्दै जादा जीवन यापनका लागि आवश्यक स्रोत साधनको संख्या पनि बढ्ने नै भयो ।
राजधानीमा बसोबास गर्ने प्रत्येक मानिससग कुनै न कुनै किसिमका यातायातका साधन छन् । सार्वजनिक यातायातका साधनको भरपर्दो व्यवस्था नहु“दा राजधानीमा निजी यातायातको साधनको संख्या उतिकै मात्रामा बढेको छ ।

जनघनत्व बढी हुनु, साघुरा सडक र वैकल्पिक मार्गको अभावमा राजधानीमा यातायातका साधनको व्यवस्थापन मुख्य चुनौती बन्दै गएको छ ।
क्षेत्रफलको हिसावले काठमाडौं उपत्यका सानो मानिन्छ । तर, उपत्यकाको जनसंख्या २५ लाख भन्दा बढी छ ।

त्यति मात्र होइन विभिन्न जिल्लाबाट आएर काठमाडौंमा जीवन यापनको क्रममा रहेकाहरुको संख्या जोड्ने हो भने काठमाडौंको जनसंख्या अरु आधा थपिन सक्छ । काठमाडौंमा बसोबास गर्ने हरेक मानिससंग कुनै न कुनै यातायातका साधन छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सार्वजनिक यातायातका साधनको उचित व्यवस्थापन नहुँदा काठमाडौंमा बसोबास गर्ने मानिस निजी साधन प्रयोग गर्न बाध्य छन् ।

बागमती अञ्चलमा मात्र ९ लाख ६३ हजार यातायातका साधन दर्ता भएका छन् । तर, बाहिर दर्ता भएका र जिल्लाबाट आउने यातायातका साधन सहित काठमाडौं उपत्यकामा दैनिक १२ हजारको हारहारीमा यातायातका साधन गुड्छन् ।

राजधानीमा यति धेरै साधन भएर पनि ठूला र सार्वजनिक यातायातका साधन भने निकै कम छन् । यातायात व्यवस्था कार्यालयका अनुसार काठमाडौंमा हाल १ लाखको हारहारीमा मात्र ठूला सार्वजनिक यातायातका साधन छन् ।

३ लाखको हारहारीमा साना दुई पाङ्ग्रे यातायातका साधन गुड्ने क्षमता भएको उपत्यकाको सडकमा ८ लाखको हारहारीमा मोटरसाइकल गुड्छन् ।

अधिक मानविय चाप र दैनिक जीवन यापनका लागि यातायातका साधन प्रयोग गर्नै पर्ने बाध्यताले राजधानीमा यातायातका साधनको संख्या बढ्दै गएको छ ।
सडकको राम्रो व्यवस्थापन हुन नसक्नु र भरपर्दो सार्वजनिक यातायातका साधनको व्यवस्था नहुनाले उपत्यकामा दिनानुदिन निजी यातायातका साधन थपिने गरेको यातायात व्यवस्था कार्यालयको भनाइ छ ।

राजधानीका सडकमा दैनिक १२ लाखको हारहारीमा यातायातका साधन संचालनमा रहने भएता पनि यात्रुले सहज रुपमा यातायातका साधनको उपयोग गर्न पाएका छैनन् । विशेष गरेर कार्यालय सुरु हुने समय र कार्यालय बन्द हुने समयमा कुनै सडक खाली हु“दैनन् ।

गन्तव्यसम्म पुग्न कुनै पनि यात्रुले सहज रुपमा यात्रा गर्न पाउँदैनन् । त्यसैले राजधानीमा यातायातका साधनको व्यवस्थापन र यात्रुका लागि सहज यात्राको वातावरण बनाउन निक्कै मुस्किल देखिन्छ ।

हुन त राजधानीमा हिडेरै पनि दैनिक काम सम्पन्न गर्न सकिने व्याख्या गरिन्छ । तर, पछिल्लो समय मानिसको बढ्दो व्यस्तताका कारण हिडेरै सबै काम सम्पन्न गर्न सक्ने अवस्था छैन ।

त्यसैले, यातायातका साधन प्रयोग अनिवार्य बनेको छ । यातायातका साधनको प्रयोग अनिवार्य भएस“गै राजधानीमा यातायातका साधनको चाप बढेको छ ।
केही मानिसले रहरले यातायातका साधन खरिद गरेपनि अधिकांश मानिस बाध्यतामा छन् ।

बाध्यताले धेरै मानिसले यातायातका साधन खरिद गरेका छन् ।
आज, तिनै यातायातका साधनको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । यातायातका साधनको व्यवस्थापन त्यति सहज छैन । राजधानीमा यातायातका कति साधन भए ठीक होला ?

भिडियोमा हेुर्नस् …

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com